३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

किन सुस्तायो भाइरल तनहुँसुर ?

किन सुस्तायो भाइरल तनहुँसुर ?
अ+ अ-

प्लेनबाट देखाइदेऊ तनहुँसुर
मोटरैमा घुमाइदेऊ बन्दीपुर
ए कसम लाम माया छपक्कै

तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो । बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पुग्ने युवायुवतीको भीड बढ्यो ।

दैनिक सयाँैको सङ्ख्यामा युवायुवती व्यास नगरपालिका–११ तनहुँसुर पुग्न थालेपछि तनहुँसुरको चर्चा शिखरमा पुगेको थियो । शनिबारको दिनमा त तनहुँसुरमा यति धेरै भीड हुन थाल्यो कि उक्त भाइरल चौताराको फोटो खिच्न पालो पर्खिनुपर्ने अवस्थासमेत आयो ।

कालोपत्र सडकको बीचमा रहेको चौतारालाई स्थानीयवासीको सक्रियतामा पुन:निर्माण गरिएको छ । चौतारा संरक्षणका लागि व्यास नगरपालिका र स्थानीयवासीको सक्रियतामा पुन:निर्माण गरी व्यवस्थित बनाइएको छ ।

एक्कासि चर्चामा आएको तनहुँसुर यतिबेला भने सुनसान छ । तनहुँसुर मात्र नभई चर्चामा आउने पर्यटकीयस्थल मौसमी जस्तै भएको छ । सुरुमा ह्वात्तै चर्चा कमाउने र पछि सेलाउने गर्दा पर्यटकीयस्थलको प्रवद्र्धनमा टेवा पुग्न सकिरहेको छैन ।

व्यास नगरपालिका–११ स्थित नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठ भन्नुहुन्छ, “तनहुँसुरको चर्चा मौसमी जस्तो भयो, सुरुमा चर्चामा आयो । अहिले ह्वात्तै घट्यो । दीर्घकालसम्म तनहुँसुरको चर्चा कायमै राख्न सकेनाँै ।” सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रभावका कारण चर्चित बन्दा तनहुँसुरमा एकोहोरो पर्यटकको ओइरो लागे पनि आजभोलि न्यून सङ्ख्यामा मात्रै सर्वसाधारण आउने गरेको उहाँले बताउनुभयो । “पहिला दैनिकजसो मान्छेहरु हुन्थे, अहिले शनिबार र बिदाका दिनमा मात्रै फ्याट्टफुट्ट मान्छे हुन्छन्”, श्रेष्ठले भन्नुभयो, “तनहुँसुर मात्र नभई चर्चामा आएका पर्यटकीय गन्तव्यहरुको हालत पनि उस्तै छ ।”

कालोपत्र सडक र चौताराका कारण तनहुँसुर चर्चित बनेपछि टोल विकास संस्थाकै सक्रियतामा दुईवटा चौतारा पुन:निर्माण गरिएको छ । व्यास नगरपालिकाको रु चार लाख, चन्दा सङ्कलनबाट रु चार लाख २० हजार गरी रु आठ लाख २० हजारको लागतमा चौतारा पुन: निर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।

“यहाँ थप पूर्वाधार बनाउन सकिएको भए एकपटक आएका मान्छे पुन: फर्किएर आउँथे होलान्, पूर्वाधार बनाउन सकिएन”, श्रेष्ठ भन्नुहुन्छ, “तनहुँसुरको पर्यटनलाई सदैव चलायमान राख्नका लागि स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छौँ ।”

भाइरल चौतारा नजिक रहेको डाँडामा पार्क बनाउने लक्ष्य राखिएको छ । भाइरल चौतारा नजिकको डाँडामा थामे अधिकारीहरूको कूल पूजा गर्ने ठाउँ भएकाले जग्गा विवादमा काम हुन सकेन । अहिले उक्त जग्गाको विवाद समाधान भएको छ । “यस ठाउँमा दृश्यावलोकन केन्द्र बनाउने लक्ष्य राखेका छौँ, करोडौँको योजना भएकाले स्थानीय सरकारले स्वामित्व नलिएसम्म काम हुन सक्दैन”, श्रेष्ठले भन्नुभयो । पूर्वाधार अभावकै कारण तनहुँसुरको पर्यटन सुस्ताएको उहाँको भनाइ छ ।

तनहुँसुर पुग्नका लागि व्यास नगरपालिका–११ रातमाटादेखि ढाँडखोलासम्म कालोपत्र भइसकेको छ । ढाँडखोलादेखि वडाको सीमाना सिम्पानीसम्म सडक कालोपत्रका लागि ‘टेन्डर’को तयारी भइरहेको छ ।

तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको वडाध्यक्ष दलबहादुर दुरा बताउनुहुन्छ । “सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी रहेको खण्डमा पनि कालोपत्रका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ”, दुराले भन्नुभयो ।

भाइरल चौताराको डाँडामा पार्क निर्माणका लागि ‘लागत अनुमान’ तयार गरिएको र आगामी वर्षको बजेटमार्फत त्यसलाई सम्बोधन गरिने दुराले बताउनुभयो । उहाँका अनुसार पुरानो धरमपानीमा रहेको ऐतिहासिक मन्दिरलाई जीर्णोद्धार गर्ने तयारी गरिएको छ । “तनहुँसुरको विकासका लागि स्थानीय सरकार लागिपरेको छ, पर्यटकलाई यहाँसम्म आउने वातावरण निर्माण गरेर तनहुँसुरको पर्यटन प्रवद्र्धन गर्छौँ”, उहाँले भन्नुभयो ।

ऐतिहासिक ठाउँ तनहुँसुर

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्युपछि तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले ‘तनहुँ’ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले ‘लमजुङ’ नाम बन्न गएको किंवदन्ती रहेको छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।

तनहुँसुरसम्म पुग्नका लागि मोटरमार्गको अलवा पदमार्ग पनि छ । वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पैदलमार्ग निर्माण गरेको छ । पदयात्रा गरेर पुग्नेहरूलाई तनहुँसुरमा दुईवटा घरबासको सुविधा छ ।

तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । कूल ४४ घरधुरीमध्ये आठ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केवी थापाले जानकारी दिनुभयो । यहाँ ३० जनासम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ । मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ ।

यस्तै पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक बताउँछन् । रासस