२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: दीपेशको घातक बलिङमा नेपाललाई ७३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ । मलेक क्रिकेट ग्राउन्ड २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाएर अल आउट भयो ।

मलेसियाका मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएर क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । यस्तै, मुहम्मद सायाहिर र मूहम्मद हरिसानले समान १२/१२ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङ गरेका दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहोराले २ विकेट लिए । सुवास भण्डारीले भने १ विकेट लिए ।

पहिलो खेलमा सिंगापुर , दोस्रोमा कुवेत र तेस्रो खेलमा हङकङलाई पराजित गरेको नेपाल मलेसियालाई हराएर लगातार चौथो जित निकाल्न चाहन्छ ।