५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैसियत नखुलेका गोविन्द बन्दीबाट मुलुकको प्रतिनिधित्वः कूटनीतिक मजाक



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२ औं बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन् । स्वीजरल्याण्डको जेनेभामा आयोजित सम्मेलनमा सहभागी उनलाई नेपालमा पूर्व मन्त्री भनेर चिनिए पनि त्यहाँ उनको हैसियत खुल्न सकेको छैन ।

बन्दी कुन हैसियतमा सहभागी भएका हुन् ? न सरकारले यसको जवाफ दिएको छ र नत उनले नै आफ्नो स्टाटस खुलाएका छन् । मन्त्रिपरिषद्ले तत्कालीन परराष्ट्र मन्त्री बिमला राई पौडेलको नेतृत्वमा सम्मेलनमा सहभागी हुने नाम तय गरेको थियो । तर पछिल्लो राजनीतिक अवस्थाका कारण मन्त्री पौडेलको भ्रमण प्रधानमन्त्री पुष्पकमल दहालले रोक्दै त्यस अघि नै बन्दीलाई उता पठाउने तयारी गरेका थिए ।

पछि उनले बन्दीलाई नै त्यहाँ पठाए । यता भन्दा पूर्व कानुन मन्त्री भनियो तर वर्तमान सरकारको को हो भन्ने खुलाइएन । उनलाई नेपाली टोलीको नेतृत्व गर्ने नभइ विज्ञका रुपमा मात्र सहभागी गराउने निर्णय मएको पूर्वमन्त्री पौडेलले राष्ट्रिय सभाको बैठकमा जानकारी गराएकि थिइन् ।

उनले भनिन् ‘जसलाई विज्ञ भनेर हामीले टोलीमा समाहित गरेका थियौँ । उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने खालको कुरा आएको छ । तर, औपचारिक रूपमा यसको निर्णय भइसकेको मलाई थाहा छैन र सल्लाहकारमा नियुक्त गरेर अख्तियारी दिने हो कि भन्ने कुरा पनि हामीले सुनेका छौँ । तर यसको कानूनी हैसियत के हो ? कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? यस्ता केही कानूनी कुराहरु छन् । जसलाई प्रष्ट पार्नुपर्ने जरुरी हुन्छ ।’

यही फागुन ९ गते प्रधानमन्त्रीको सचिवालयले हरिबोल गजुरेल बाहेक अरुलाई अरु कसैलाई पनि सल्लाहकारका नियुक्ति नगरेको जनाएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै गजुरेल बाहेक अन्य कसैलाई पनि सल्लाहकार नियुक्त नगरेको बताएका थिए । त्यो स्टाटस प्रधानमन्त्रीका आधिकारिक व्यक्तिबाट त्यस समयमा किन आयो ? यसको पनि अर्थ खुल्न सकेको छैन ।

प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषदले नियुक्त गर्छ । त्यस्तो कुनै पनि सल्लाहकार नियुक्त गरेको बारेमा आफूलाई थाहा नभएको एक मन्त्री बताउँछन् । उता सम्मेलनमा सहभागी हुन कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल पनि जेनेभा पुगेका छन् ।

उनीहरु पनि यस विषयमा केही बोलेका छैनन् । तर यसरी हैसियत नै नखुली मानवअधिकारजस्तो विषयको त्यो पनि राष्ट्रसंघीय सभासम्मेलनमा सहभागी हुनु नेपालको इज्जतको कुरा होइन । यो एक कूटनीतिक मजाक मात्र हो ।