६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिनुभयो । उहाँले खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताउनु भयो । उहाँले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिनुभयो ।

उहाँले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरु पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताउनु भयो । उहाँले कर्मचारीहरुले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्‍याउनका लागि आन्दोलन गर्नुपर्ने बताउनु भयो । उहाँले खानेपानीका लागि बजेट नछ्ुट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताउनु भयो । उहाँले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्नेकुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ । तर राजनीतिको अखडा नबनाउँ । राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् । राजनीति गरौँ तर यसमा प्रधानमन्त्रीको अघि धर्ना बसेर, अर्थ मन्त्रालयको अघि बसेर धर्ना दिऔँ म अगाडि हुन्छु तर कर्मचारीलाई उचालेर राजनीति नगरौँ ।’

‘कर्मचारीलाई मर्कामा राख्ने कुरा हुँदैन, कर्मचारी भनेको सेवक हुन्, उनीहरुले राम्रो ठाउँ पाउनुपर्छ । कर्मचारीले पार्टी र व्यक्तिको लागि आन्दोलन होइन, खानेपानीको लागि आन्दोलन गरौँ । पनौतीको खानेपानी संस्थानलाई निजीकरण गर्ने भन्ने कुरा आयो । किनभने प्रतिवर्ष ५० लाख घाटा हुँदो रहेछ, मन्त्रालयले धेरै कुरा गर्नुपर्छ । धेरै अपेक्षा गरेको छु भन्नुभयो, यो दोधारे कुरा नगर्नुस् । निजीकरण किन गर्ने ? त्यसको जवाफ सात दिनभित्र मन्त्रालयलाई दिनैपर्छ । निजीकरण गरेपछि तपाईहरुको काम के ?’

मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गर्नुभयो ।