१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं: मन्त्री गिरी(भिडियोसहित)

आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं: मन्त्री गिरी(भिडियोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम शुरु गरेको बताउनुभएको छ ।

सोमवार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भएपनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताउनु भयो । उहाँले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम गर्दैछौँ । म स्वास्थ्य क्षेत्र रोजेर आएको हो । अझै यो आकर्षण मन्त्रालय मानिदैन । यहाँ हत्तपत्त कोही जान पनि तयार हुँदैन । आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन् जाँदा कालो दाग, धब्बा लागेर फर्किन्छन्, गल्ती नगर्दा पनि आरोप खेपेर फर्किने ठाउँ हो ।’

‘तर पनि फोहोर सफा गर्न फोहोर भित्र पस्नुपर्छ । त्यो बुझेरै म यहाँ आएको हुँ । मेरो नेतृत्वले मलाई रोजाएर जिम्मेवारी दिएको हो । कालो चिया पनि मेरो गोजीबाट खाएर स्वास्थ्य क्षेत्रको परिवर्तन गर्छु भन्ने संकल्पका साथ आएको हुँ । काहीँबाट मेरो मन्त्रीको नाममा ब्ल्याकमेलिङ गरेको छ भने कसैले धन्दा गरेको छ भने कानमा सुनाइदिनुहोला, त्यस्ता धन्दा गर्नेलाई तत्काल कारबाही गर्नेछु ।’

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाख सम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको बताउनु भयो । उहाँले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताउनु भयो । उहाँले जस्तोसुकै दीर्घ रोगीहरुको नि:शुल्क उपचार गर्नेगरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताउनु भयो । उहाँले उत्कृष्टता स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको भन्दै बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गरिब जनतालाई स्वास्थ्य सेवामा पहुँच स्थापित गर्नका लागि एउटा स्वास्थ्य बीमाको कार्यक्रम आवश्यक छ । अब यो बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । कहाँ बीमा गर्न पाइन्छ भनेर मान्छेहरु खोज्दै आउने स्थितिको निर्माण गर्नुछ । त्यसका लागि कहाँका नीतिहरुमा रिभ्यु गर्नुपर्ने हो, रिभ्यु गरौँ, आकर्षक संसारका मोडेलहरु नेपालमा एप्लाइ गर्नुपर्छ । एउटा उत्कृष्टता स्वास्थ्य बीमा कार्यक्रम हामी लागू गर्दैछौँ ।’

‘यो अहिलेको १ लाख बीमाले केही हुँदैन । यसले कोही यहाँ आउँदैनन् । सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दैछौँ । जस्तोसुकै दीर्घ रोग लागोस् त्यसको नि:शुल्क उपचार हुनेगरी त्यसको आधार निर्माण गर्नुपर्छ । आउने आर्थिक वर्षको बजेटसम्म पुग्दा कम्तिमा ५ लाख सम्मको बीमा गर्नेगरी त्यसको आधार निर्माण गर्छौं ।’

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताउनु भयो । उहाँले सातै प्रदेशमा डायलसिस सेवाका लागि प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलसिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय निजामति ऐनको कुरा आयो, स्वास्थ्य सेवा ऐन छुट्टै चाहिन्छ भन्नुभएको छ, ल्याऔँ, कसरी ल्याउनुपर्छ ल्याऔं, स्वास्थ्यका कर्मचारीको वृत्ति विकासका लागि राजमार्गहरु खुला हुनुपर्छ, त्यो वातावरण हामीले बनाइदिनुपर्छ । वृद्धि विकासको वातावरण नबनाउने र एक ठाउँमा बसेर काम लगाइरहँदा मान्छेहरु काम गर्न राम्रोसँग सक्दैन । अब सातै प्रदेशमा डायलसिस गर्न प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ । त्यसको पूर्वाधार हामी यही दुई, तीन महिनामा सहज रुपमा गर्नेगरी सातै प्रदेशमा गर्दैछौँ ।’

मन्त्री गिरीले अस्पतालका सबै सेवाहरु डिजिटलाइट प्रणालीमा लैजाने दाबी गर्नुभयो । स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।