२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया छनोट: हङकङविरुद्ध नेपाल बलिङमा



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेलमा नेपालले हङकङविरुद्ध बलिङ गर्ने भएको छ ।

यूएईको मालेक क्रिकेट मैदानमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा बलिङ गर्ने भएको हो ।

पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । हङकङले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । २०१६ पछि विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।

नेपालले तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियासँग सामना गर्नेछ भने मार्च २ बुधबार घरेलु टोली यूएईसँग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।