२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.५५ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोकारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आईतवार सकारात्मक देखिएको छ । आईतवार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको पुगेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंकले वृद्धि र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छआईतवार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने ८ वटा उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ । लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित्त उपसहुको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स,होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बीमा उपसमूहको सूचक सकरात्मक भएका छन् । यता व्यापार उपसमुहको सूचक १.४० प्रतिशतले घटेको छ ।

आइतवार नेप्से परिसूचक बढेसँगै विजय लघुवित्तको शेयरमूल्य ७.९४ अंकले बढेको छ । यस्तै ग्रिन डेभलपमेण्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको शेयरमूल्य बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ । आइतवार हिमालयन डिस्टीलरीको १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।