२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी–२० सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल भारतको बेङ्गलोरमा आयोजित जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई शनिबार राति स्वदेश फर्कनुभएको छ ।

उहाँले जी–२० सम्मेलनमा भाग लिनुका साथै भारतीय अर्थमन्त्री निर्मला सीतारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग भेट गर्नुभएको थियो । साथै उहाँले उहाँहरुकोसँगको भेटमा अर्थतन्त्र र विकासका विविधि आयामबारे छलफल गर्नुभएको जनाइएको छ ।

शुक्रबार र शनिबार सम्पन्न जी–२० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत जानुभएको थियो । नेपाल जी–२० को सदस्य मुलुक होइन । यद्यपि सम्मेलनमा भाग लिन भारतले निमन्त्रणा गरेको थियो ।