२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले प्रदेश १ को सरकार तत्काल नछाड्ने



अ+ अ-

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ सरकारबाट तत्काल नबाहिरिने भएको छ ।

राप्रपाका मन्त्रीहरूले संघ र अन्य केही प्रदेशमा राजीनामा दिएपनि प्रदेश १ मा सहभागी मन्त्रीहरू भने तत्काल नबाहिरिने भएका हुन् ।

केन्द्रभन्दा प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै यसबारे निर्णय लिने राप्रपा नेताहरूले बताए । राप्रपाले आज सरकारका विषयमा निर्णय गर्न प्रदेश कमिटीको बैठक बोलाएको छ ।

गत पुस २४ गते एमाले संसदीय दलका नेता हिकमत कार्कीको नेतृत्वमा गठन भएको १ नम्बर प्रदेश सरकारमा ६ सीट रहेको राप्रपाले कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।