• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

नेता खनाल स्वदेश फिर्ता



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बङ्गलादेशबाट शनिबार स्वदेश फिर्ता भएका छन् ।

बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनमा ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेर उनी शनिबार राति स्वदेश फर्किएका हुन् । उनी बिहीबार बङ्गलादेश प्रस्थान गरो थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मानित नेता खनालले बङ्गलादेश–नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए । यसैगरी बङ्गलादेशमा यही वर्षको डिसेम्बरमा हुन गइरहेको निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि उक्त निर्वाचनमा पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा लिएको नेता खनालले जानकारी गराए ।

भ्रमणका क्रममा बङ्गलादेशको मानवअधिकारका विषयमा जानकारी दिनुका साथै निर्वाचन आयोगमा पनि पुगेको उनले जानकारी दिए । डिसेम्बरमा बङ्गलादेशमा हुने निर्वाचन निष्पक्ष, धाँधलीरहित तरीकाबाट कसरी गर्ने भन्ने तयारीमा त्यहाँका मानवअधिकारवादी, निर्वाचन आयोग लागि परेको उनले बताए । रासस