२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको पत्रले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खुल्यो: एस प्रवक्ता खतिवडा



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिका उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्रले दुईपार्टी बिच सम्बादका लागि बाटो खुलेको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ-नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्षलाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नु भएको छ। यसको लागि धन्यवाद ।यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ। राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ।

एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै एकीकृत समावादीलाई पत्र पठाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमालेका उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र पठाउनु भएको थियो ।

पत्रमा राष्ट्रपतिको निर्वाचनमा मतदाताका रुपमा रहेका एकीकृत समाजवादीका प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यहरुलाई एमालेको उम्मेदवारलाई मतदान गरी सघाउन ओलीले अनुरोध गर्नुभएको छ ।