काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको भन्दै एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने बताएका छन् ।
यस्तै, बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको भन्दै एमाले निराश हुनुपर्ने कारण नभएको बताएका छन् । नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत पछिल्लो राजनीतिक घटनाक्रमको टीप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको उल्लेख समेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँज्दै बाँस्कोटाले भने – ‘उहिल्यै भन्देको हो । छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगिता भए पनि छेपारो नै हार्छ ।’
उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 24, 2023