७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग

हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतंकित तुल्याउने एमगज नामक हात्तिलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्ताैलाले सोही हात्तिको आतंकबाट मृत्यु भएकी मनोहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नु भयो । उहाँले एक साता यता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तिले आतंक सृजना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सांसद बर्तौलाले भन्नु भयो, ‘मकवानपुर जिल्लामा एमगज नामको हात्तिले आतंक मच्याईरहेको छ । आज भन्दा ठिक ३ दिन अगाडि मकवानपुर जिल्ला मनोहरी गाउँपालिका वडा नम्बर ४ निवासी ६४ वर्षीया आमा राधा अधिकारीलाई हात्तिले आक्रमण गरी मृत्यु भएको छ । उहाँको परिवार शोकमा हुनुहुन्छ । उहाँको मृत्यु मात्रै होइन । त्यहाँ ७ दिनदेखि एमगज नामको हात्तिले त्यहाँ स्थानीय जनताको घर भत्काउने, बाली नोक्सान गर्ने, आतंकित बनाईरहेको अवस्था छ ।

विद्यार्थीहरु विद्यालय जाने स्थिति बनेको छैन । त्यतिमात्रै होइन सरकारको तर्फबाट वन विभागका कर्मचारीहरु, वन मन्त्रालयका कर्मचारीहरु, राष्ट्रिय निकञ्जका कर्मचारीहरुले जुन प्रकारले भूमिका खेल्नु पर्दथ्यो हात्तिलाई नियन्त्रण गर्नका लागि । बस्तीमा पस्न नदिनका लागि जुन किसिमको भूमिका निर्वाह गर्नु पर्दथ्यो, त्यो छैन । त्यसकारण म सम्माननीय सभामुख महोदयमार्फत् अविलम्ब त्यस हात्तिलाई नियन्त्रण गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु ।’

सांसद बर्ताैलाले सो हात्तिले आतंक फैल्याएपछि विद्यार्थीहरु विद्यालय समेत जान नसक्ने अवस्था उत्पन्न हुुँदा पनि त्यहाँको वन विभाग, राष्ट्रिय निकुञ्जले नियन्त्रणका लागि चासो नदिएको गुनासो समेत गर्नु भयो ।