२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतंकित तुल्याउने एमगज नामक हात्तिलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्ताैलाले सोही हात्तिको आतंकबाट मृत्यु भएकी मनोहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नु भयो । उहाँले एक साता यता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तिले आतंक सृजना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सांसद बर्तौलाले भन्नु भयो, ‘मकवानपुर जिल्लामा एमगज नामको हात्तिले आतंक मच्याईरहेको छ । आज भन्दा ठिक ३ दिन अगाडि मकवानपुर जिल्ला मनोहरी गाउँपालिका वडा नम्बर ४ निवासी ६४ वर्षीया आमा राधा अधिकारीलाई हात्तिले आक्रमण गरी मृत्यु भएको छ । उहाँको परिवार शोकमा हुनुहुन्छ । उहाँको मृत्यु मात्रै होइन । त्यहाँ ७ दिनदेखि एमगज नामको हात्तिले त्यहाँ स्थानीय जनताको घर भत्काउने, बाली नोक्सान गर्ने, आतंकित बनाईरहेको अवस्था छ ।

विद्यार्थीहरु विद्यालय जाने स्थिति बनेको छैन । त्यतिमात्रै होइन सरकारको तर्फबाट वन विभागका कर्मचारीहरु, वन मन्त्रालयका कर्मचारीहरु, राष्ट्रिय निकञ्जका कर्मचारीहरुले जुन प्रकारले भूमिका खेल्नु पर्दथ्यो हात्तिलाई नियन्त्रण गर्नका लागि । बस्तीमा पस्न नदिनका लागि जुन किसिमको भूमिका निर्वाह गर्नु पर्दथ्यो, त्यो छैन । त्यसकारण म सम्माननीय सभामुख महोदयमार्फत् अविलम्ब त्यस हात्तिलाई नियन्त्रण गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु ।’

सांसद बर्ताैलाले सो हात्तिले आतंक फैल्याएपछि विद्यार्थीहरु विद्यालय समेत जान नसक्ने अवस्था उत्पन्न हुुँदा पनि त्यहाँको वन विभाग, राष्ट्रिय निकुञ्जले नियन्त्रणका लागि चासो नदिएको गुनासो समेत गर्नु भयो ।