१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

चार दलीय बैठक: काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने

चार दलीय बैठक: काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने
अ अ+ अ-

काठमाडौं । चार दलीय बैठकमा नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ ।

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलमा काँग्रेसले आफ्नो अडान राखेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको बताउनु भयो । बैठकमा काँग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको बताउनु भयो । महामन्त्री थापाले प्रश्तावमा आएका नामहरुका बारेमा दलहरुले आफ्नोआफ्नो पार्टीमा छलफल गरी पुन: ५ बजे बैठक बस्ने सहमति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनको विषयमा नेपाली काँग्रेस पार्टीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलहरुसँग छलफल गरेको छ । कहिले छुट्टै कहिले तीन दलबीच बैटक बसिरहेको छ । विभिन्न विकल्पहरुको बारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । हामी टुंगोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ । साँझ ५ बजे बस्नेगरी सकिएको छ । हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ । आज हामी टुंग्याउनै पर्छ ।’

‘नेपाली काँग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुले सहयोग गर्छ भन्ने अपेक्षा राखेकै छाँै । यसैगरी अन्य दलकोतर्फबाट फरक प्रश्तावहरु आए । तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्नेकुरामा सबै स्पष्ट छौँ । नेपाली काँग्रेसले आफ्नो उम्मेदवार अघि सारेको एउटा प्रश्ताव नेपाली काँग्रेस बाहेकका दलहरुले पनि अर्को प्रश्ताव गर्नुभएको छ । नेपाली काँग्रेसले अन्य दललाई किन सहयोग नगर्ने भन्ने प्रश्ताव आएको छ ।’

महामन्त्री थापाले काँग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरुले पनि सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँले अन्य दलहरुले पनि काँग्रेस बाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको बताउनु भयो ।