१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

हेल्दी सिटीज समिट इन लण्डन कार्यक्रममा भाग लिन मेयर शाह बेलायत जाने

हेल्दी सिटीज समिट इन लण्डन कार्यक्रममा भाग लिन मेयर शाह बेलायत जाने
अ अ+ अ-

काठमाडौँ । फागुन ११ गते बसेको काठमाडौँ महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत गरेको छ ।

प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतमा बसेको बैठकले, ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि २०७९’, ‘हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि २०७९’ र ‘सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको हो । यस्तै ‘वाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ स्वीकृत भएको छ । बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले मस्यौदामा भएको व्यवस्था जानकारी गराउँदै स्वीकृत गर्न पेश गर्नुभएको थियो । बैठकले पशुपंक्षी सेवा विधेयक, व्यवसाय दर्ता, नविकरण तथा नियमन सम्बन्धी कार्यविधि, जनस्वास्थ्य ऐन, राजस्व संकलन तथा परिचालन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने हेल्दी सिटीज समिट इन लण्डन कार्यक्रममा प्रमुख शाहको नेतृत्वमा भाग लिन जाने बैठकले निर्णय गरेको छ ।

बैठकले वडा कार्यालयको सुरक्षाका लागि नेपाल प्रहरीसँगको सहकार्यमा चौकीदार करारमा लिने, संस्कृति विश्वविद्यालय र हाँडीगाउँमा रहेको जग्गा लिजमा लिएर उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस पटकको बैठकबाट विषयगत समितिका संयोजकबाट प्रस्ताव पेश हुन थालेको छ । यस क्रममा प्रवक्ता एवं सूचना समितिका संयोजक नविन मानन्धरले, सबै वडामा सीसीटिभी क्यामरा जडान गर्ने तथा मनिटर स्क्रिन राख्ने सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सुशासन समितिका संयोजक ख्याम राज तिवारीले महानगरको केन्द्रीय कार्यालय रहेको जेडिए कम्प्लेक्सको चालु आर्थिक बर्षको अन्त्यसम्मका लागि भाडा सम्झौता नविकरण गर्ने, करार सेवाका कर्मचारीको असार म्याद थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । यसैगरी पूर्वाधार समितिका संयोजक मुकुन्द रिजालले, वडा १६ को एराहिटी ढुृङ्गेधारा, टेवा पर्खाल निर्माण र वडा नं. ३० आनन्द भैरव मार्गमा कालोपत्रे कामको म्याद थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्ताव गरिएका विषय छलफल पछि पारित भए ।

विज्ञ तथा परामर्शदाताको पारिश्रमिक दर पारित भएको छ । यस्तै सिसडोल ल्याण्डफिल साइट भ्याली १ मा सडक निर्माण गर्ने योजना स्वीकृत भएको छ ।

बैठकमा कार्यपालिका सदस्यहरु बिमल होडा, राजेन्द्रकुमार श्रेष्ठ, सरोज ढकाल, हीरालाल तण्डुकार, दलबहादुर कार्की, अनिता कार्की, सुमन श्रेष्ठले धारणा राख्नुभएको थियो ।

उहाँहरुले रात्रीकालीन यातायातमा सरल बनाउने, ट्याक्सी सेवालाई उपभोक्ता मैत्री बनाउने, एनआइसी बैङ्कसँगको साझेदारीबाट प्राप्त हुने वीमालगायत सुविधाहरुको विषयमा छलफल गर्नुपर्ने, सहरी स्वास्थ्य धान्न नसक्ने महङ्गो भएपछि परिवारहरुमा समस्या बढ्दै गएकोले यो सेवालाई पहुँचयुक्त बनाउने, कमजोर आर्थिक अवस्था भएका जनप्रतिनिधिहरुले स्वास्थ्य उपचार गर्ने नसक्ने अवस्था भएकोले सहजीकरण गरिदिनुपर्ने, स्थानीय सेवा र समायोजन सेवाबाट आएका कर्मचारीको पदोन्नति समान प्रकृतिको हुनुपर्ने, करार सेवामा रहेका कर्मचारीको योगदानलाई आत्मसम्ममान र सुरक्षामा प्रत्याभूति गर्नुपर्ने, पार्किङ लागि नीति तर्जुमा गर्नुपर्ने बिषयहरुका सुझाब दिनुभएको थियो ।