७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

सर्वोच्चले प्रतिवन्ध हटाए सन्दीप यूएई जाने

सर्वोच्चले प्रतिवन्ध हटाए सन्दीप यूएई जाने
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्सीय टिम घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेलाई समाबेश गरिएको छैन । तर, सन्दीप यूएई जाने सम्भावना भने समाप्त भईसकेको छैन ।

सर्वोच्च अदालतले सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदिए उनलाई टीममा समाबेश गरिने क्यानका म्यानेजर विनोद दासले बताए । खेलकुद परिषदबाट स्वीकृतिका लागि मात्र टीमको नाम पठाएको उनले बताए । ‘आज हामीले खेलकुद परिषदबाट स्वीकृतिका लागि १५ सदस्यको छनोट गरेर पठाएका हौं, तर यही नै अन्तिम टोली होइन’, दासले भने ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले यसअघि नै सर्वोच्चले प्रतिवन्ध हटाएको खण्डमा सन्दीपलाई टीममा समावेश गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

सन्दीपले राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै  उच्च अदालत पाटनले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । सन्दीपले गरेको पुनरावेदनमा भोलिलाई पेसी तोकिएको छ । भोलिको सुनवाइमा अदालतले उक्त रोक फुकुवा गरिदियो भने सन्दीप यूएई जान पाउछन्। नेपाली टोली शनिबार यूएई प्रस्थान गर्नेछन् ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता कायम राख्नका निम्ति नेपालको यो भ्रमण निर्णायक रहने भएकाले सन्दीपको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ । उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला क्लीन स्वीप गरेको थियो । सन्दीपले मात्रै उक्त चार खेलमा १३ विकेट लिएका थिए ।

क्यानले घोषणा गरेको नेपाली टोली:

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र श्याम(मौसम) ढकाल