१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

काँग्रेससहितको गठबन्धन व्युताउने विषय टुंगोमा पुगेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

काँग्रेससहितको गठबन्धन व्युताउने विषय टुंगोमा पुगेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेससहितको पुरानो गठबन्धनलाई व्युत्याउने विषय टुंगोमा पुगिनसकेको बताउनु भएको छ ।

माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पार्नु भयो ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी हुनु भएका उहाँले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘हाम्रो पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति र मुख्यत: राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा छलफल भयो । अहिलेको छलफल अझै निष्कर्षमा पुगिसकेको छैन । हामी आजै फेरी अर्को बैठक बस्दैछौं–५ बजेतिर ।’

‘पूरानो गठबन्धन ब्यूताउने विषयमा त्यस्तो केही पनि सहमती भईसकेको छैन । हामीले अरु शक्तिहरुसँग पनि छलफल जारी राखेका छौं । त्यसो त हाम्रो पार्टीका अध्यक्ष नेकपा (एमाले)का अध्यक्ष लगातार छलफलमा हुनुहुन्छ । त्यहाँ पनि टुंगिसकेको स्थिति छैन । हामीले नेपाली काँग्रेससँग पनि हिजो छलफल गर्‍यौं । नेकपा एकीकत समाजवादी र जनता समाजवादीसँग पनि छलफल गर्नुपर्छ भनेर त्यही बैठकमा भनेका छौं । त्यसो त जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा सबै राष्ट्रिय पार्टीहरुसँग छलफल गरेर हामी निष्कर्ष पुग्छौं ।’

यसैबीच, काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आजै अपरान्ह ५ बजे बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागिएको उपप्रधानमन्त्री श्रेष्ठले पुष्टि गर्नु भयो ।