२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५७.७४ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

बुधवार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीवार ५७.७४ अंकले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ । बिहीवार ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ ।

नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.९५ अंकले, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंकले घटेको छ ।

बिहीवार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।

बिहीवार नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । आज छिमेक लघुवित्त ८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।