१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान
अ अ+ अ-

काठमाडौँ । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ ।

यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आइएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो, आजदेखि रात्रिकालीन सेवा पनि सुरु हुन्छ ।”

सो विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू भएसँगै आजदेखि रात्रिकालीन उडान सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का मानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

उक्त विमानस्थल गएको पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो । विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ९आइएफआर० प्रणाली जडान गरिएकाले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स ९भिएफआर० प्रणालीका आधारमा सञ्चालन गरिएको थियो । उक्त प्रणालीमा एटिसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्दै आएका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि रात्रिकालीन सेवा दिने भएपछि निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले रात्रिकालीन उडानको तयारी गरेको बताइएको छ ।

पोखरा–काठमाडौँ र काठमाडौँ–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एअरले यही फागुन २५ गतेदेखि पोखरा–काठमाडौँ रात्रिकालीन उडानको तयारी गरेको छ । रासस