२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री खनाल बंगलादेश प्रस्थान



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुन गइरहेको ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ नामक सम्मेलनमा प्रमुख अतिथिकन रुपमा सहभागी हुन आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालको साथमा उहाँकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ, नेकपा ९एकीकृत समाजवादी० पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडा रहनुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालले भोलि ढाकास्थित सर्वोच्च अदालतमा आयोजित ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुनेछ । भोलि नै पूर्वप्रधानमन्त्री खनाल र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै, अन्य उच्चस्तरीय भेटवार्ताहरु पनि तय भएको छ ।