४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

नेप्से ३३.५७ अंकले वृद्धि

नेप्से ३३.५७ अंकले वृद्धि
symbolic picture
अ+ अ-

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा पश्चात निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ ।

पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अंकले घटेको नेप्से परिसूचक बुधवारको कारोबारमा ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.८० अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २६९ कम्पनीको ४७ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकम समेत बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये बुधवार ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत उपसमूहको परिसूचक ३.८५ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतले बढेको छ । यता लघुवित्त उपसमूहको परिसूचकको १.३८ प्रतिशत घटेको छ ।

बुधवार नेप्से परिसूचक बढेसँगै ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । जसमा लिबर्टी इनर्जीको शेयरमूल्य ९.८०, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको ९ प्रतिशतभन्दा बढी बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य ८.४० प्रतिशत बढेको छ ।

यता आदर्श लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधवार हिमालयन डिस्टिलरी कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।