२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मायाँदेवी मन्दिरमा नयाँ गजुर राखियो



अ+ अ-

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ ।

सो कोषले दाताहरुका सहयोगमा स्वयम्भू स्तुपा ढाँचाको आधुनिक गजुर राखेको हो । यसका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्गे र लर्टट्रथ आक्रापास पोङगले आर्थिक सहयोग गरेको कोषले जनाएको छ । दाता मालिनोङ्गे बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापना गरिएको हो ।

यसअघिको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने तयारी भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्वयम्भू स्तुपाको ढाँचामा रहेको गजुर करिब तीन महिना लगाएर तयार पारिएको थियो ।

गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाईएको छ । गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन) को कभर स्थापनाका लागिसमेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

बुद्धिष्ट अभियानकर्मी राजा शाक्यका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् । आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब रु ६० लाख लगानी लागेको शाक्यले जानकारी दिनुभयो । रासस