२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछाने दुई विधामा पुरस्कृत



अ+ अ-

मनाङ । हिमाली जिल्लाको समाचार सम्प्रेषणमा संघर्षरत नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछाने पुरस्कृत भएका छन् । करिब एक दशक बढी मनाङबाट राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध भइ पत्रकारिता गर्दै आएका लामिछाने दुई विधामा पुरस्कृत भएका हुन् ।

राससले ६२औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट समाचार लेखनमा उमाकान्त(गीतादेवी(चन्द्रमणी रजौरे स्मृति पुरस्कार र उत्कृष्ट फोटो पत्रकार २०७८ बाट पुरस्कृत गरेको हो ।

मिछानेले यससङ्गै विविध पुरस्कर तथा सम्मान पाइसकेका छन् । हिमपात, बाढीपहिरो लगायतका जोखिममा पत्रकारिता गरी जिल्लाको प्रचारप्रसार गर्दै विश्वमाझ चिनाउन योगदान पुगेको बताइएको छ ।

उनले विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल ३७ पटक पुगेर स्थलगत रिपोर्टिङ गरेका छन् भने विश्वको १०औं स्थानमा पर्ने पदमार्गको थोराङ पास १७ पटक पुगेर स्थलगत रिपोर्टिङ गरेका छन् ।