• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते ★   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता ★   धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ ★   टी–२० विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा, आईपीएल खेल्ने ८ खेलाडीले पाए मौका ★   सलमानको घरमा गोलीबारी काण्डका आरोपीले प्रहरी हिरासतमै आत्महत्या गरे ★   वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित ★   श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण: अध्यक्ष ढकाल ★   संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी ★   उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामीरिता

कृषि विकास बैंकका सिइओ गुरुङको पदभार



फाईल फोटो

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हानुभएको छ । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गर्नुभएको हो ।

सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उहाँ यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहनुभएको थियो । विदेशी बैंकको सिइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुनुहुन्छ । यसअघि उहाँ सिभिल बैंकको सिइओसमेत हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गर्नुभएका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गर्नुभएको थियो ।