२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डद्वारा नामिबियासमक्ष २२२ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाले स्कटल्याडलाई २२२ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्डले ४८(४ ओभरमा अलआउट हुँदै २२१ रनको योगफल तयार पारेको हो ।

स्कटलयण्डका लागि ओपनर केयल कोइटजेर डकआउट हुँदा, लियम नेयलरले २० रन जोडे । यस्तै, क्रिस्टोफर म्याकब्रिज सर्वाधिक ४७ रन बनाएर पभेलियन फर्किए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । कप्तान रिची बेरिङटन ३२ रनमा आउट हुँदा म्याथ्यू क्रसले १६ रन जोडे ।

यसैगरी, थोमस म्याकिन्टोस ३४ रन, मिचेल लिस्क २९ रन, क्रिस ग्रेभिस १४ र मार्क वाटले १० रन जोडे । नामिबियाका लागि ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ताङगेनी लुङगामेनीले २ विकेट लिँदा बर्नाद स्कोस्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सका नाममा एक/एक विकेट रह्यो ।

विभिन्न सात राष्ट सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ ।

नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ ।