३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

मनमोहक तनहुँको दुबुङ गाउँ

मनमोहक तनहुँको दुबुङ गाउँ
अ+ अ-

तनहुँ । विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ ।

ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यताको तबरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादर थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँबाट सदरमुकाम दुबुङडाँडा अर्थात दुबुङकोटबाट नजिकै देखिन्छ । तर, त्यहाँ पुग्न हामीलाई धेरै सास्ती खेप्नुपर्ने हुन्थ्यो । अहिले सहज बन्दै गएको छ । विकासोन्मुख अवस्थामा पुगेको छ ।”

अझै प्रचारप्रसार गर्न नसकिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म शिक्षक थिएँ, विद्यालयको कामकाजले बारम्बार दमौली पुग्नुपर्ने हुन्थ्यो, सवारीसाधन, बाटोले पैदलबाट नै पुग्नुपर्ने थियो, अहिले सङ्घीयताले हामी जस्तो ग्रामीणवासीलाई विकास गर्दै सहजता कायम गरेको छ ।” विकासले गति लिँदै जाँदा यहाँको प्रचारप्रसार भइरहेको उहाँ बताउनुहुन्छ ।

आन्तरिक भ्रमणको प्रचलन बढ्दै गएको छ । ऋषिङ –३ का वडाध्यक्ष भीमबहादुर थापाले प्रवद्र्धनको अभावमा ओझेलमा परेको दुबुङ गाउँ प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकको आवागमन हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुबुङबाट जिल्लाका अधिकांश ठाउँको अवलोकन गर्न सकिन्छ । दुबुङकोटबाट जिल्लाको सदरमुकाम दमौली, ऋषिङका विभिन्न भूभाग, देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, कालीगण्डकी करिडोरलगायतका स्थान सहजै देख्न सकिन्छ ।”

उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनमा आएपछि यी हाम्रो विकट क्षेत्रको रुपमा परिचित दुबुङको विकास हुने थिएन । सङ्घीयताले ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याएको छ ।” सडक, विद्युत् आएको विसं २०७५ देखि मात्रै उज्यालो छाएको हो ।

गाउँलेकै पहलमा सौर्य ऊर्जाबाट धानिएको थियो । यस क्षेत्र विविधता भए पनि विकासको अभावले पछाडि परेको थियो । विकाससँगै यस क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसार बढ्न थालेको छ । यस ठाउँ पर्यटकीय सम्भाव्यताले भरिएको छ ।

दुबुङ प्राकृतिक रुपमा अत्यन्त सुन्दर भएकाले यसको व्यवस्थित प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य दुवै पर्यटक भित्र्याउन यहाँका स्थानीय लालायित छन् । उहाँले भन्नुभयो, “नमूनाको रुपमा विकास भइरहेको चियाबगान, दृश्यावलोकन स्थलले पछिल्लो समय दुबुङको आकर्षण थप बढाएको छ ।” दुबुङस्थित भालथुम्केमा पछिल्लो समय बृहत् चिया बगान विस्तार गरिएको छ ।

यहाँको आकर्षणको केन्द्र चिया बगान, नेपालका अधिकांश हिमशृङ्खला यहाँबाट अवलोकन गर्न सकिन्छ । सहज सडक बनाउने प्रयासमा रहेको र यहाँ बसोबासका लागि घरबास (होमस्टे) सञ्चालनमा रहेका छन् । बासोबासको व्यवस्थाले पनि हाल पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएको वडाध्यक्ष थापाले बताउनुभयो । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ ।

दुबुङको आकर्षक भौगोलिक बनावट, प्राकृतिक सौन्दर्यतासँगै यहाँको महाशीला धार्मिक तवरबाट महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँका अनुसार यहाँका महत्वपूर्ण स्थालको योजनाबद्ध रुपमा प्रवद्र्धन गर्नसके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ । डाँडामा पुग्नका लागि पदमार्ग, वनभोजस्थल दृश्यावलोकनका लागि भ्युटावर गरेर थप आकर्षण बनाइएको छ । ती पदमार्गमार्फत डाँडातर्फ उक्लदाको हिमशृङ्खलाको दृश्यसँगै आफ्ना तस्बिर लिन सकिन्छ ।

बाटो कच्ची भएकाले पर्यटकलाई केही असहज भए पनि, शिखरमा पुगेपछि देखिने दृश्य अत्यन्त मनमोहक लाग्नेछ । दुबुङबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण, धौलागिरि, मनास्लु, गणेशलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । बिहानीपख विभिन्न डाँडा तथा बादलको घुम्टो ओढेको दृश्यले सबैलाई मोहित बनाउँछ ।

जिल्लाको दक्षिणी भेग मनमोहक हुँदाहुँदै पनि सम्बन्धित निकायले प्राथमिकतामा नराख्दा ओझेलमा परेको स्थानीयको भनाइ छ । अहिले सङ्घीयता ग्रामीण क्षेत्रको विकासमा पुलको काम गरेको उनीहरु बताउँछन् । पर्यटन पूर्वाधार तथा प्रचारप्रसारमा ध्यान दिनसके दुबुङ तथा मालथुम्के क्षेत्र समग्र तनहुँकै महत्वपूर्ण म्यू–प्वाइन्टका रुपमा स्थापित हुने स्थानीयवासीको विश्वास छ ।

यहाँ बाइसे चौबिसे राज्यका तनुङे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिनेगरी ढुङ्गाको राजगद्दी हाल पनि देख्न सकिन्छ । दुबुङकोटबाट जिल्ला सदरमुकाम दमौली, चाइना पुल, ऋषिङ, ग्वास्लुङ, काहुशिवपुर, मानुङ, छिम्केश्वरी, छिपछिपे, छेरङ्गा, मौरीबास, कॉफलडाँडा, भिरकोट, थप्रेकको दृश्य अवलोकन गर्न सकिनेछ । यहाँबाट देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, नागबेली कालीगण्डकी, कालीगण्डकी करिडोर अवलोकन गर्न सकिन्छ ।