११ मंसिर २०८१, मंगलवार
,
Latest
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न परराष्ट्रमन्त्रीको आग्रह जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक:वनमन्त्री शाही सामाजिक सुरक्षा कोषका सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न आवश्यकः निजी क्षेत्र नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजकमा ओमोडा एन्ड जेइको इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको निर्णायक गोलमा पीएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रोमाञ्चक जित निकालेको छ । आइतबार साँझ भएको खेलमा पीएसजीले लिललाई ४–३ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याए । यस्तै, जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २–२ गोलको बराबरीमा ल्याए ।

रोमाञ्चक बनेको खेलमा ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए । यता, खेलको ८७ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा लियोनल मेसीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै पीएसजीलाई ४–३ को जित दिलाए । जितसँगै पीएसजी २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ । लिल ४१ अंकसहित छैटौं स्थानमा रहेको छ ।