२३ श्रावण २०८३, शनिबार
,
Latest
सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचरणलाई लिएर किन भावुक बने चिरञ्जीवी ?



अ+ अ-

एजेन्सी । साउथ फिल्म इन्डस्ट्रीका मेगास्टार चिरञ्जीवी छोरा रामचरणलाई लिएर भावुक बनेका छन् । उनले हलिउडका दिग्गज निर्देशक जेम्स क्यामरुनको एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । उक्त भिडियोमा जेम्स क्यामरुनले फिल्म आरआरआर र रामचरणको क्यारेक्टरको प्रशंसा गरिरहेको देखिन्छ ।

भिडियो सेयर गर्दै चिरञ्जीवीले लेखेका छन्, ‘यदि जेम्स क्यामरुनजस्ता निर्देशकले तपाईको तारिफ गरिरहेका छन् भने त्यो ओस्कारभन्दा कम छैन । बुवा भएकाले आफूलाई रामचरणप्रति निकै गर्व छ ।’

जेम्स क्यामरनले आरआरआर र रामचरणको प्रशंसा गर्दै भने, ‘यो उत्कृष्ट फिल्म हो, मैले एक्लै बसेर फिल्म हेरेँ । फिल्म हेरेपछि म छक्क परें, फिल्मको भिएफएक्स र कथावस्तु उत्कृष्ट थियो ।’

आरआरआर मार्च २४ मा फिल्म विश्वव्यापी रुपमा रिलिज भएको थियो । फिल्म बक्स अफिसमा सुपरहिट मात्र भएन, समीक्षकले पनि फिल्मको निकै तारिफ गरेका थिए । एसएस राजामौलीको निर्देशन रहेको फिल्ममा राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा थिए ।