२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० विश्वकपः दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाले महिला टि–२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय २५ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको तर्फबाट ब्याटिङ गरेकी ताहलिया म्याकग्राथले ३३ बलमा १० चौकासहित ५७ रन बनाईन् । एलिसा गार्डनर २८, बेथ मुनी २० र एलिसा हेली ११ रनको योगदान दिए ।

यस्तै, बलिङमा दक्षिण अफ्रिकाकी मरिजान कप्पले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । दक्षिण अफ्रिकाको तर्फबाट तजिमन ब्रिट्सले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन लिइन् । यस्तै, बलिङतर्फ अष्ट्रेलियाकी जर्जिया वेयरहामले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।

अपराजित रहदै आएको अष्ट्रेलियाले ४ खेलमा ८ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ । सेमिफाइनलमा अष्ट्रेलियाले समूह बी को उपविजेतासँग खेल्नेछ ।

समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । भारत ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ भने पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।