२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० विश्वकपः दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाले महिला टि–२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय २५ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको तर्फबाट ब्याटिङ गरेकी ताहलिया म्याकग्राथले ३३ बलमा १० चौकासहित ५७ रन बनाईन् । एलिसा गार्डनर २८, बेथ मुनी २० र एलिसा हेली ११ रनको योगदान दिए ।

यस्तै, बलिङमा दक्षिण अफ्रिकाकी मरिजान कप्पले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । दक्षिण अफ्रिकाको तर्फबाट तजिमन ब्रिट्सले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन लिइन् । यस्तै, बलिङतर्फ अष्ट्रेलियाकी जर्जिया वेयरहामले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।

अपराजित रहदै आएको अष्ट्रेलियाले ४ खेलमा ८ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ । सेमिफाइनलमा अष्ट्रेलियाले समूह बी को उपविजेतासँग खेल्नेछ ।

समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । भारत ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ भने पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।