३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरू पक्राउ



अ+ अ-

काठमाडौँ । यही फागुन १ गते काठमाडौँको बालाजुस्थित नयाँबसपार्कको लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकस्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरुले ट्राफिक कारवाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा भएको उक्त घटनाका मुख्य व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको र ल्होत्से मलमा तोडफोड गरी भित्र प्रवेश गरी मोवाईल पसलमा लुटपाट समेत भएको थियो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनामा संलग्नलाई फागुन ३ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने कसूर र चोरीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि बिहीबार प्रहरी वृत्त, बालाजु र महाराजगञ्ज पठाइएको जानकारी दिएको छ ।