२५ मंसिर २०८२, बिहीबार
,
Latest
गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न ओलीलाई गिरफ्तार गर्ने हल्ला फैलाइयोः महेश बस्नेत लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक



अ+ अ-

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।