१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५८ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा छ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

कूल ५६ लाख ४८ हजार दुई सय १२ कित्ता शेयर रु दुई अर्ब छ करोड २० लाख ५८ हजार सात सय ४९ मूल्यमा कारोबार भएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ४९ अर्ब ६५ करोड ४७ लाख ४४ हजार सात सय ४४ बराबर रहेको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ८६ लाख ५४ हजार छ सय ९६ बराबरको कारोबार भयो । यस्तै, नविल बैंक रु पाँच करोड ७३ लाख ५५ हजार चार सय ८८,न्यादी ग्रुप पावर रु पाँच करोड ३३ लख सात हजार,स्ट्याण्र्डड चार्टड बैंक रु चार करोड ८६ लाख १७ हजार आठ सय २० र रिडी पावर कम्पनी रु चार करोड ४० लाख ५१ हजार एक सय १० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । विजय लघुवित्त पाँच दशमलव ९२, जोशी हाइड्रोपावर पाँच दशमलव ६३, न्यादी हाइड्रोपावर पाँच दशमलव ३५ र इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै, नविल ब्यालेन्स फण्ड पाँच दशमलव ७५,गुराँस लघुवित्त चार दशमलव १६, लक्ष्मी उन्नति कोष तीन दशमलव ९३, आर्दश लघुवित्त तीन दशमलव ४९ र बिन नेपाल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ६९ प्रतिशतले गुमाएका छन् । रासस