४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

नवौं एक्सेल्सियर कप: एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक

नवौं एक्सेल्सियर कप: एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक
अ+ अ-

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र काष्ठमण्डप नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ३–० गोलले पराजित ग-यो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई ५–० को फराकिलो गोलअन्तरले हरायो ।

विजेताका सुप्रिम बोहराले २ तथा सहज ढकाल, आध्यान शेरचन र इशान पराजुलीले १–१ गोल गरे । यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड नेसनल स्कुल र न्यु इराले उपाधि भिडन्त पक्का गरे ।

 

ग्रिनफिल्डले श्री सञ्जय साइलाई ५–० गोलले पाखा लगायो । विजयी टिमका लागि धर्विन्द्र बोहरा र उपेन्द्र बोहराले समान २–२ तथा आयुश दूतराजले १ गोल गरे । न्यु इराले हार्टल्यान्ड एकेडेमीलाई २–१ गोलले पन्छायो । न्यु इराका पेम्बा तामाङ र सशांक थापाले १–१ गोल गरे । हार्टल्यान्डका प्रशान्त धामीले सान्त्वना गोल गरे ।

बास्केटबल; जेनिथ र रेडिअन्ट भिड्ने

सिनियर ब्वाइज बास्केटबलमा जेनिथ र रेडिअन्ट पब्लिक उपाधिका लागि भिड्ने भएका छन् । जेनिथले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४२–३४ ले पराजित ग-यो । जेनिथको जितमा सुशिल शाहीले १६ अंक योगदान गरे । सुवास गौतमको २३ अंक सहयोगमा रेडिअन्टले ओएसिसलाई ५३–५१ को साँघुरो अन्तरले हरायो ।

गल्र्समा संस्कृति र काष्ठमण्डपले फाइनल यात्रा तय गरे । संकृतिले रातो बंगलामाथि १८–१६ को कठिन जित दर्ता ग¥यो । संस्कृतिकी ओमी मास्केले ९ स्कोर गरिन् । रेडिअन्ट विरुद्ध काष्ठमण्डप १२–११ को झीनो अन्तरले विजयी भयो । काष्ठमण्डपकी रिया राईले ६ अंक जोडिन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।