• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान ★   सहिद लखन थापाको सालिक निर्माण ★   इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै ★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो ★   तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा ★   इलाम २ को मतगणना आज बिहानबाट थालिने ★   आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो ★   नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत ★   दिल्लीले मुम्बईलाई १० रनले हरायो ★   विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित

औपचारिकतामा अल्मलिएको स्थानीय सरकार



संघीयतापछि शासनको अभ्यास स्थानीय तहसम्म पुगेको छ। स्थानीय तह आफै सरकारको रुपमा संस्थागत छन्।

कानुनी शासनको पालनामा जनता प्रतिको उत्तरदायीत्व वहन गर्ने चुनौती संविधानले स्थानीय तहलाई सुम्पेको छ। यो उत्तरदायित्व वहन गर्न सक्ने स्थानीय नेतृत्वको अपेक्षा स्थानीय जनताले गरेकाछन् ।अहिले स्थानीय तहमा हुँदै गरेका विकास ,परिवर्तन र व्यवहार हेर्दा स्थानीय तहहरू परिवर्तन प्रति कति सचेत छन । हेर्नु जरुरी छ। स्थानीय तह आफैमा पूर्ण छन। तर अहिलेको कार्यसम्पादन हेर्दा परम्परागत र कल्याणकारी कार्य भन्दा माथि स्थानिय तहहरु उठ्न सकेका छैनन्।

बाटोघाटो र भौतिक पूर्वाधारमा हामीले धेरै पैसा खर्च गर्यौ। किनकि हामी बाटोलाई विकास भन्छौं। तर बाटो मात्र विकास होइन। बाटोले उत्पादन बोक्नुपर्छ । रोजगारी दिनुपर्छ । बजार र उत्पादनलाई जोड्नु सक्नुपर्छ । हाम्रा बाटाहरुको वर्षेनी खर्चको अनुपातमा रोजगारी , जीवनपद्धति र उत्पादन बढेको देखिँदन।

काठमाडौंको फुटपात हट्यो । अहिले ठमेल र असनका गल्लीहरु सुन्दर देखिएका छन्। बानेश्वर, कोटेश्वरमा आवागमन सहज छ ।तर विराटनगर, भैरहवा, नेपालगञ्जमा शहरहरुमा देखिने बजार र अव्यवस्थित गल्लीहरु किन व्यवस्थित हुन सक्तैनन्।दर्ता नभएका बोर्डहरु हटाउँदा मात्र पनि थुप्रै व्यवसाय कर असुल हुन्छ। तर नगरपालिकाहरू यो साहस गर्न सक्दैनन् । साहस गर्दा दलका मान्छे र आफ्ना मतदाता बिच्किन्छन् , आगामी दिनमा भोट पाउन गाह्रो हुन्छ भन्ने मानसिकता स्थानीय नेतृत्वमा अझै छ। तर उनीहरुलाई थाहा छैन मत प्राप्त गरेर नेतृत्वमा आएपछि उनीहरूको जिम्मेवारी सार्वजनिक हुन्छ ।

सबै जनतालाई चित्त बुझाएर विकास सुधार सम्भव छैन भन्ने कुरा स्थानीय नेतृत्वले नबुझेको छैन । तर योजनाबद्ध र व्यवस्थापकीय हिसाबले योजना नतिजा सम्म पुग्न सकेका छैनन्। यसका लागि स्थानीय नेतृत्वले विज्ञ विषयमा समय खर्च गर्नुपर्छ। तर यो समय अन्तैतिर खर्च भइराखेको छ।

स्थानीय आय ,बालुवा र ढुङ्गाको बिक्रिमा सीमित छ। भूमिकर ओझेलमा परेको छ ।सम्पत्ति कर, व्यवसाय कर विज्ञापन करका साना आयमा स्थानिय तहहरु अल्मलिएका छन्। कर छुटमा रमाउने पालिकाहरु थुप्रै छन् । यसको दुरदर्शी असर के हुन्छ भन्ने कुरा उनीहरुले ख्याल गरेकै छैनन। सबै पालिकाहरुमा उत्पादनका क्षेत्र खेर गएका छन् । पानीका स्रोतहरू प्रयोगमा छैनन्। पहाडमा ठूलो आप्रवासनको समस्या छ।

प्रदेश र संघसँगको सहकारितामा पालिकाहरुले कृषि, स्वास्थ्य, शिक्षामा सुधार गर्न सकेका छैनन्। आय बढाउन उत्पादन व्यापार र बिक्रीमा पालिकाहरुको बिचको अन्तरसम्बन्ध जरुरी भइसकेको छ। रोजगारी र उपभोगमा वृद्धि नगरी स्थानीय आय बढ्न सक्दैन। केन्द्रिय अनुदान र सहायताले स्थानीय तहको आर्थिक विकास दिगो र उत्तरदायी हुन सक्तैन। यस्ता विशेष र विशेषज्ञ क्षेत्रमा पालिकाहरूको नजर पुग्न सके जस्तो लाग्दैन।

फोहोरमैला व्यवस्थापनमा पुनः उत्पादन औद्योगिकरण र व्यवस्थापनमा कुनै पालिकाहरु उदाहरणीय छैनन्। फोहर अझै तिरस्कृत छ। यसको व्यवस्थापन खाल्टो भन्दामाथि उठेकै छैन ।काठमाडौंको फोहोर मोहरमा कहिले परिणत होला भन्ने ठूलो आशा जीवितै छ।‌ सायद यो अब पाँच वर्षसम्म यसै रहला । खुला ठाउँ भएका खुला पालिकाहरुमा समेत फोहरको उचित व्यवस्थापन कतै देखिँदैन। किनकि हामी चुनौतीपूर्ण निर्णय लिन डराउँछौ।

अन्तर पालिका सम्भावनाको खोजी र उत्पादनमा सहकारिता कुनै पालिकाले गरेको देखिदैन । प्रदेशहरु पालिका सम्म पुग्नै सकेका छैनन्। एउटा पालिकाको नेतृत्व अर्को पालिकामा सम्भावनाको खोजी गर्न पुगेकै छैन। सिरहाले धनकुटाको सुन्तला देखेकै छैन ।

संखुवासभाले सप्तरीको आँप बुझेकै छैन । इलामको तरकारी झापाले संकलन गर्न सोचेकै छैन ।तर हामी सिलिगुडी र भारतका छेउछाउका उत्पादनलाई सस्तोमा भित्राउन आतुर छौ। भद्रपुर नगरपालिकामा मेची पुल बनेपछि २ किलो बन्दाकोबी तरकारी र प्याज लिन गलललियासम्म पुग्न थाल्औ। तर स्थानीय खेती बाँझै छ । यसमा नगरपालिका कति पनि सचेत देखिँदैन।