१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सरकारी आइटी क्षेत्रको मुख्य साँचो हामीसँग छैनः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)

सरकारी आइटी क्षेत्रको मुख्य साँचो हामीसँग छैनः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारसँग सरकारी आइटी क्षेत्रको मुख्य साँचो नरहेको बताउनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘सूचना प्रविधि मेला’ को उद्घाटन कार्यक्रममा उहाँले सरकारी तथ्यांकहरुको सुरक्षामाथि प्रश्नहरु रहेको बताउनुभयो ।

उहाँले सरकारले आफ्नै सूचना प्रविधि (आइटी) कम्पनी खोल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनुपरिरहेको तर नेपालको जनशक्ति भने बाहिर गइरहेको उहाँको भनाइ थियो ।

“हामीसँग थुप्रै डेटा सेन्टर छन् तर त्यसको सुरक्षा र मुख्य साँचो हामीसँग छैन”, उहाँले भन्नुभयो । राष्ट्रियताको कुरा गर्ने हामी त्यसलाई कसरी बचाउन सक्छौँ भन्दै उहाँले भन्नुभयो, “मन्त्रालयहरुको संवेदनशील सफ्टवेयर भए पनि त्यसको मुख्य कुरा कहाँ छ भन्नेबारे हामीलाई नै थाहा छैन ।”

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले प्रयास गरिरहेको भन्दै उहाँले यसका लागि आवश्यक कानूनहरु निर्माणका लागि तत्काल संसद्मा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सरकारले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि साने योजना सरकारको रहेको उहाँको भनाइ थियो ।