२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपाले विश्वासको मत नदिने: संकटमा सुदूरपश्चिम प्रदेश सरकार



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको भोलि हुने विश्वासको मत लिने प्रयोजनका लागि नाउपाले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

नाउपाको उक्त निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । नाउपाले राजबन्दीहरु रिहा गर्नुपर्ने पार्टीको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताउनुभयो ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ ।