१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पवित्र देवभूमि हो नेपालः मन्त्री पाण्डे

पवित्र देवभूमि हो नेपालः मन्त्री पाण्डे
अ अ+ अ-

नवलपुर । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले देवभूमिमा शान्ति र विकासको कामना गर्नुभएको हो ।

“नेपालमा धेरै अप्ठ्यारा परिस्थिति आउँदै गरेका छन्”, उहाँले भन्नुभयो, “यस प्रकार गरिने यज्ञले त्यस्ता परिस्थितिबाट यो देशलाई मुक्त बनाएर नेपाली जनता अगाडि बढ्न सकुन् भन्ने यो यज्ञमा आशिर्वाद माग्दछु ।” नेपालको सांस्कृतिक पहिचान भनेकै धर्म भएकाले धर्मको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । देशमा विभिन्न उतारचढाव हुँदा पनि धार्मिक गुरु र धार्मिक सोच भएका व्यक्तिले सञ्चालन गरेका यज्ञलाई सफल बनाउनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रगुरु योगी नरहरिनाथले विश्वशान्ति हेतु विसं २०४५ मा कोटिहोम महायज्ञ लगाएको यस पवित्रस्थलमा विभिन्न जातजातिका २४ बटुकलाई अध्ययन गराइँदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो । करिब १० बिघा क्षेत्रफलमा फैलिएको कोटिहोममा आश्रमले गुरुकूलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको उहाँले बताउनुभयो । श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरु गोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि महायज्ञ सञ्चालन गरेको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

महोत्सवमा रु पाँच करोडसम्म आम्दानी तथा रु ८० लाख खर्चको अनुमान गरिएको कँडेलको भनाइ छ । यहाँ श्री योगी नरहरिनाथ आध्यात्म विज्ञान गीता पाठशाला ९योगी नरहरिनाथ संस्कृत विद्यापिठम्० मा छ शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझी, ठकुरी, क्षेत्री समुदायका २४ बटुक अध्ययनरत छन् । आवासीय रूपमा उनीहरूलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ । रासस