१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

सोमवार बिहान प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसदका गतिविधिहरुलाई चलयामान बनाउने कुरामा छलफल गर्नुभएको हो ।

उहाँले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसदबाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट सुझाव लिनुभएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसदको बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरु लैजाने भन्नेबारेमा छलफल भएको बताउनु भयो ।

उहाँले संसद अहिले प्रभावकारी नबनेको भन्दै संसद भाषणको रमिता देखाउने कुरामै सिमित रहेको बताउनु भयो । उहाँले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताउनु भयो । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिव २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले जनाउनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बिजनेस आएको छ की छैन, कसरी लैजाने ? के लैजाने ? यो सत्रमा कति वटा विधेयक लैजाने ? त्यो विषयमा प्रधानमन्त्रीजीले छलफल गर्नुभएको हो । हामीले वास्तवमा संसदलाई बिजनेस आएको छैन, संसद अहिले प्रभावकारी बनेको पनि छैन, रमिता मात्रै भएको छ, भाषण मात्रै भएको छ । बिजनेस संसदले पाएको छैन, त्यसैले सदनलाई बिजनेस दिनुपर्छ भन्ने हाम्रो माग थियो । नागरिकता ऐन, संघीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ । त्यो पास गनुपर्छ भनेका छौँ । प्रधानमन्त्री गम्भीर बन्नुभएको छ । करिव डेढ महिना यो सत्र चल्छ, यसमा करिव १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिवद्धता जनाउनु भयो ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले आजको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यक्तासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यक्तासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको छ ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु भएपनि संसदले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरुले संसदलाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल गरेको बताउनु भयो । उहाँले संसद सुचारु भएपनि संसदका प्राविधिक कुराहरुमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसदलाई कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको बताउनु भयो ।

उहाँले बैठकमा समितिहरु बन्न नसक्दा संसदलाई कार्य, व्यवसाय दिने कुरामा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्नेकुराको बारेमा छलफल भएको बताउनु भयो । उहाँले आगामी संसदका बैठकमा राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्वका विधेयकहरु सरकारले संसदमा प्रश्तुत गर्ने विषयमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद चलेपनि संसदले गर्ने कार्य खासै नभएको जस्तो देखिएकाले बैठक बोलाउनुभएको थियो । सभामुख, उपसभामुखको निर्वाचन लगायत हामी प्राविधिक काममा अल्मलिएका थियौँ । संसदले निरन्तर गर्नुपर्ने ऐन, कानून, विधेयकका बारेमा प्रमुख सचेतकहरुसँग छलफल भएको छ । संसदलाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल भयो । हामीसँग प्रतिनिधि सभा नियमावली समिति बनिसकेको छैन, जसकारण संसदका समितिहरु नबन्ने भए ।’

‘समिति नबन्दा विधेयकहरु आउँदा अल्मलिने भयो भन्ने कुरा भयो । हामीले मस्यौदा समितिले पनि १५ दिन भित्र काम गरिसक्ने र संसदमा प्रक्रिया गर्दागर्दै केही प्रक्रिया लाग्ने भएकाले समिति नबन्दै संसदलाई कार्य, व्यवसाय दिन सकिने भन्नेकुरा भएको छ । राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्वका विधेयकहरु सरकारले संसदमा प्रश्तुत गर्ने कुरा भएको छ ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसदमा विधेयकहरु अघि नबढीरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग सुझाव लिनुभएको बताउनु भयो । उहाँले सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्नका लागि के कस्ता अफ्ठ्याराहरु छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा पेस गर्नुपर्ने विधेयकहरुका सन्दर्भमा प्रधानमन्त्रीजीले संसदमा रहेका दलका प्रमुख सचेतकहरुसँग कुरा गर्नुभएको हो । संसदले बिजनेस पाइरहेको छैन, विधेयकहरु संसदमा विधेयकहरु अघि बढीरहेको छैन । सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्नका लागि के कस्ता अफ्ठ्याराहरु छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको छ । छलफलपछि कतिपय कन्फ्युजनहरु मेटिए । यतिबेला प्रतिनिधि सभा नियमावली मस्यौदा भइरहेको छ । मस्यौदा समितिले काम गरिरहेको छ । त्यो बेलामा विधेयकहरु पेस गर्न अफ्ठ्यारो हुन्छ की , समिति नबन्दा भन्ने कन्फ्युजन सरकारलाई हामीले मेटाएका छौँ ।’

प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरु नबन्दा सरकारले संसदमा विधेयकहरु पेस गर्दा अफ्ठ्यारो हुने कुराको बारेमा पनि छलफल भएको बताउनु भयो ।