१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैनः रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् ।

पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे प्रस्ट पारेका हुन् ।

‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालेँ । त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेँ ।’ लामिछानेले भने ‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन’ लामिछानेले भने ।