२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न अनुचित साँठगाँठले राजनीति आक्रान्त भयो– ओली(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न किसिमका अनुचित साँठगाँठहरुले राजनीति आक्रान्त भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा उहाँले मुलुकले अस्थिरताको राजनीतिक व्यवहार निरन्तर बेहोरिरहनुपरेको भन्दै यस्ता अस्थिरता रोक्न सत्ता साझेदार दल एकमत भए पनि अनुचित साँठगाँठ बढिरहेको टिप्पणी गर्नुभयो ।

नेपालमा २००७ सालमा प्रजातन्त्र आएदेखि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको पूर्णकाल सरकार चलाउन नपाएको उल्लेख गर्दै नयाँ संविधान बनेपछि त्यस्तो अवस्था अन्त्य होला भन्ने अपेक्षाविपरीत अहिले पनि उही अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नयाँ संविधान जारी गर्‍यौँ तर स्थायित्व कस्तो भयो भने वर्षमा एक पटक प्रधानमन्त्री जस्तो भयो । हाम्रो चाहना स्थिरता र स्थायित्वको चाहना भयो तर हाम्रो प्राप्ति भने अस्थिरता र अनिश्चितता हुन पुग्यो । हाम्रो वर्तमान अनिश्चयता, डर र विभिन्न खालका अनुचित साँठगाँठहरूले आक्रान्त हुने गरेको छ ।”

अध्यक्ष ओलीले नेपाल र नेपाली जनताको भविष्य निर्माणका लागि राजनीतिक दलका नेताहरु मिलेर आत्मविश्वास र निडरताका साथ संकल्प गर्न आग्रह गर्नुभयो ।