२ पुष २०८२, बुधबार
,
Latest
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः एट्लेटिको मड्रिड र गेटाफेको बराबरी



Soccer Football – LaLiga – Atletico Madrid v Getafe – Metropolitano, Madrid, Spain – February 4, 2023 Getafe’s David Soria in action REUTERS/Juan Medina
अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ६० औं मिनेटमा एन्जेल कोरीयाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा एनेस युनालले पेनाल्टीमार्फत गोल गर्दै गेटाफेलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टिम अंक बाँड्न बाध्य भए । बराबरीसँगै २० खेलबाट ३५ अंकसहित एट्लेटिको तालिकाको चौंथो स्थानमा रहेको छ । समान खेलबाट १८ अंकसहित गेटाफे १९ औं स्थानमा छ ।