४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो प्रस्तुती

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो प्रस्तुती
अ+ अ-

क्यानबेरा । अष्ट्रेलियाका सबैजसो ब्यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रिय राजधानी क्यानबेराको मञ्चमा भने यसपाला पहिलोपटक उभिएको थियो । थोरै मात्र नेपालीको बसोबास रहेको यस सहरमा पनि नेपाली लोक रक धुन बोकेर पुगेको ब्याण्डले शुक्रबार भब्य स्वागत पाउन सफल भएको छ ।

यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्या अनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै विक्री भएर सिद्धिएको थियो । शुक्रबार कन्सर्ट सुरुहुनुभन्दा निकै अघि नै ‘अष्ट्रेलियन युनिभर्सिटी’ परिसर भित्र रहेको हलमा नेपाली र केहि मात्रामा अष्ट्रेलियन दर्शकहरुको घुइँचो लागिसकेको थियो ।

स्थानीय समयअनुसार बेलुकीको ठीक ८।३० बजे कन्सर्ट सुरुहुँदा ब्याण्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरुगरेको थियो । त्यसपछि लगत्तै दोश्रो अल्बमको सर्बकालीक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो ।

कार्यक्रममा दर्शकहरुको भिँड भित्रै लिण्डा ट्रिग पनि थिइन् । नेपालमा कुनै समय अष्ट्रेलियन कुटनीतिज्ञको भूमिका निर्वाह गरेकी र हाल अवकाशप्राप्त उनी साथमा छोरालाई लिएर कन्सर्ट हेर्न आइपुगेकी थिइन् ।

‘गजब लाग्यो,’ कार्यक्रम हेरिसकेपछि प्रतिक्रिया दिँदै उनी भनिरहेकी थिइन्, ‘ब्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुती असाध्यै उर्जाशील पनि लाग्यो ।’
ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ त्यो उर्जाकै मुख्य श्रोत भएता पनि सिँगो ब्याण्ड आफैमा विश्वस्तरीय रहेको लिण्डाको मूल्यांकन थियो ।
‘सिंगो दर्शक रमाए,’ लिण्डाले थपिन्, ‘हामी आमाछोरा पनि खुब रमायौं ।’

कार्यक्रमलाई त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरुले निरन्तरता दिएको थियो । ‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भूत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकहरुलाई हौस्याएका थिए । हलभित्रै रमाइरहेका दर्शकमा मानस्वी र नेहा पनि थिए ।

‘कार्यक्रम असाध्यै बाँध्ने किसिमको थियो र सिंगो अवधिभर हामी त्यसको बन्धनमा कस्सिएर रमाएका थियौं,’ उनीहरु भनिरहेका थिए, ‘अर्कोतिर कस्तो नेपालै पुगेको जस्तो पनि महशुस भइरह्यो ।’

आफूहरु अष्ट्रेलियामा नियमित रुपले कन्सर्टहरुमा गइरहने भएता पनि नेपथ्यसँग शुक्रबारको क्षणजस्तो आत्मीयता अन्यत्र कतै महशुस नगरेको पनि उनीहरुले बताए ।
सिन्धुलीमाडीबाट अष्ट्रेलिया आइपुगेकी नेहाले ११ वर्षअघि नेपथ्यले उनकै सहरमा आयोजना गरेको कन्सर्ट पनि हेरेकी रहिछन् । त्योबेला पाँच कक्षामा पढ्ने उनी काकाहरुको साथमा गएकी थिइन् । ‘त्योबेलादेखि मैले सकेसम्म नेपथ्यको कन्सर्ट छुटाउँदिन भनेर मनमनै सोचेको थिएँ,’ उनी भनिरहेकी थिइन्, ‘आज फेरि नेपथ्य अनुभव गरिरहँदा वाल्यकालका दिनहरु पनि खुबै याद आए ।’

मानस्वी भने सिड्नीदेखि यो कन्सर्ट हेर्नकै लागि क्यानबेरा आइपुगेकी रहिछन् । सानै हुँदा नेपथ्यले ‘भेँडाको ऊनजस्तो’ गीत रिलिज गरेको र लगत्तै आफ्नो सहर धुलाबारीमा कन्सर्ट गरेको सम्झना मानस्वीसँग थियो । ‘उहिलेदेखि मनपरेको त्यो गीत यहाँ आएर यति रमाइलोसँग सुन्न पाइयो,’ उनी भनिरहेकी थिइन्, ‘म केहि दिनपछि हुने सिड्नीको कन्सर्ट पनि हेर्न आइपुग्छु ।’ ‘नैनाताल’ सुनाएपछि नेपथ्यले जसै ‘यो जिन्दगानी’ गाउन थाल्यो पर्दामा मानवसेवा आश्रमले उद्धार गरेका सडक आश्रितहरुको हृदयविदारक दृश्य बग्न सुरुभएको थियो । यसरी विरक्तलाग्दो हिसाबले कसैले बाँच्नु नपरोस् भनेरै यो सिंगो वर्ष ब्याण्डले ‘मानवताका लागि संगीत’ अभियान अघि बढाएको उल्लेख गर्दै गायक अमृतले त्यसै अभियानलाई लिएर गएको महिना नेपालभरको भब्य यात्रा सम्पन्न भएको पनि उल्लेख गरे ।

त्यसपछि दर्शकहरुमा तीब्र तरंग पैदागर्ने हिसाबले ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएको थियो । अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम अवधिमा अमृतले उपस्थित नेपाली दर्शकहरुको साथ पाइरहँदा एकमनले खुशी र अर्को मनले दुःखी पनि महशुस भइरहेको उल्लेख गरे । ‘तपाइहरु यहाँ आएर उज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुशी छु,’ उनी भनिरहेका थिए, ‘तर, यत्तिका उर्जावान् तन्नेरीहरुलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ ।’

नेपालका युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्न उनले मञ्चबाटै नेताहरुलाई आव्हान पनि गरे । त्यसो नगरिएमा आउने समयले उनीहरुलाई माफ नगर्ने चेतावनी पनि दिए ।

मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । कलाकारको यो टिमबाहेक ब्यवस्थापक र प्राविधिकहरुको १३ सदस्यीय टोली यात्रामा सरिक छ ।

‘यो कार्यक्रम भब्य रुपले सम्पन्न त भयो नै,’ स्थानीय आयोजक गौरव दहाल भनिरहेका थिए, ‘उपस्थित प्रत्येक दर्शकले सकारात्मक उर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुशी लाग्यो ।’

यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुती सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुगेको छ । फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौ प्रस्तुती रहनेछ ।

त्यसपछि फेब्रुअरी १० तारिख सिड्नीको ‘होडर्न पभिलियन’, फेब्रुअरी १३ तारिख मेलबर्नको ‘फोरम’ र अन्त्यमा अष्ट्रेलियाकै पुछारमा रहेको बेग्लै टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन प्रस्तुत भएपछि नेपथ्य स्वदेश फिर्नेछ ।