२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि भ्रमण



अ+ अ-

काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ ।

शनिबार विहानै त्यहाँ पुग्नुभएका मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्माली लाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण भएका विभिन्न पुर्वाधारहरूको स्थलगत भ्रमण गराउनुभएको थियो ।

चन्द्रागिरिको भ्रमणका क्रममा इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पुर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसंग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्लामीले यो परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पुर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमईको व्यावसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भइ यो परियोजना निर्माणमा लाग्नुभएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।