२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा भन्छन् – सन्दीपमाथिको निलम्बन फुकुवा गलत



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विषेषाधिकार पाउन नसक्ने र पाउन नहुने प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, – ‘मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।’

एक साताअघि कांग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको समेत उल्लख गर्दै उनले अगाडि भनेका छन् – ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।’

क्यानको निलम्बन फुकुवापछि सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् ।