१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्याम भुसालको गाडी दुर्घटना



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालको गाडी दुर्घटना भएको छ ।

नेता भुसाल सवार बा १६ च १३८४ नम्बरको कार नयाँ बानेश्वरमा अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो ।

गाडीमा भुसालसँगै अर्का एक व्यक्ति थिए । भुसाललाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ । दुर्घटनामा परी गाडीमा क्षति पुगेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।