३१ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको निर्णय: सन्दिपसहितको टिम घोषणा



file
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने त्रिकोणीय सिरिजका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई समावेश गर्दै दोस्रो चरणको बन्द प्रशिक्षणमा रहने २० खेलाडीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडीमा कप्तान रोहित पौडेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, ललित राजवंशी सन्दीप जोरा, भिम शार्की, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद सन्दीप लामिछाने र प्रतिश जिसी रहेका छन् ।

यस अघि २८ खेलाडीको सूचीमा रहेका शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाललाई भने समावेश गरिएको छैन ।

नेपालले आगामी फेब्रुअरी १४ देखि २१ सम्म काठमाडौँमै नामिबिया र स्कटल्याण्डसँग आइसीसी विश्वकप डिभिजन(२ अन्तर्गतको त्रिकोणीय सिरिज काठमाडौँमा खेल्दै छ ।