२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइयो, राष्ट्रिय टिममा राख्ने तयारी



file
अ+ अ-

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाईएको छ । सन्दीपलाई बिहीबारबाट प्रशिक्षणको लागि बोलाइएएको प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए ।

नेपालले दुई सातापछि आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ। सोही सिरिजका लागि नेपाली टोलीको बन्द प्रशिक्षण भईरहेको छ । सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भईसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि उनलाई पनि प्रशिक्षणमा बोलाइएको हो । सन्दीपले बुधबार नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँग भेट गरेका थिए ।

बलात्कारको आरोप खेपिरहेका सन्दीपलाई क्यानले गत भदौ २३ गते राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।