१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गृहलाई लिएर सत्तारुढ दलहरुबीच विवाद छैनः उपमहासचिव बस्नेत

गृहलाई लिएर सत्तारुढ दलहरुबीच विवाद छैनः उपमहासचिव बस्नेत
file
अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले दावी गर्नु भएको छ ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसहित सत्तारुढ दलहरुबीच यस विषयमा छलफल भईरहेको र केही दिनमै टुंगिने पनि स्पष्ट पार्नु भयो ।

उपमहासचिव बस्नेतले सर्वोच्च अदालतको फैसला विस्तृत रुपमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सो सम्बन्धमा केही दिन पर्खनुपर्ने भन्नु भएको जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘जहाँसम्म राष्ट्रपतिको कुरा छ । हाम्रो पार्टीले त्यस विषयमा खासै निर्णय गरेको छैन । राष्टिय सहमतीका लागि प्रयास गर्ने भन्ने हो । राष्ट्रिय सहमती अहिले मुलुकको आवश्यक्ता हो ।

राष्ट्रपतिका लागि हामीले कुनै पोजिशन बनाएको स्थिति होइन । गृहमन्त्रीको लागि छलफल भईराखेको छ गठबन्धन दलका पार्टीहरुबीचमा । सर्वोच्चको फैसला पनि हेर्नुपर्छ भन्ने कोणबाट केही दिन पर्खनुपर्छ भन्ने हो । त्यसमा ठूलो विवादको विषय केही पनि होइन । अहिले यही विषयमा राष्टिय स्वतन्त्र पार्टीसँग पनि बसेर छलफल भईरहेको छ ।’

उपमहासचिव बस्नेतले राष्ट्रपति चयनका विषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको पनि बताउनु भयो । राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने भनिएपनि त्यस सम्बन्धमा पार्टीले आफ्नो पोजिशन क्लिएर गरिनसकेको उहाँको भनाई थियो ।