५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले रास्वपा खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने मागसहित युवराज निर्वाचन आयोग गएका हुन् ।

‘रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पाटीले उप प्रधानमन्त्री एवं गृह मन्त्रालय पाएको र सो पार्टीका सभापति विमले सो जिम्मेवारी सम्हालेको कुरा सबैलाई अवगत नै छ सर्वोच्च अदालत संवैधानिक इजलासको फैसलाले निज रवि लामिछानेलाई अनागरिक करार गरेको तथ्य समेत स्थापित भएको छ उल्लेखित पद तथा जिम्मेवारी एउटा नेपाली नागरिक भएपछि मात्र प्राप्त हुने संवैधानिक व्यवस्था रहेको छ तसर्थ एउटा गैर नागरिक उप प्रधानमन्त्री तथा गृहमन्त्री हुँदा उपदफा (ख) बमोजिमका राष्ट्रिय गोपनियता भंग हुने कार्य भएका छन् राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी खारेज भागी छ तत्काल खारेज गरी पाउँ ।’ निवेदनमा भनिएको छ ।

लामिछानेले गरेको निर्णयहरु अवैध हुने जिकिरसहित युवराजले तत्काल पार्टी खारेजको माग गरेका छन् ।