२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले उपेन्द्र महतोसँग बयान लियो



अ+ अ-

काठमाडौं । प्रहरीले प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएसँगै प्रहरीले अनुसन्धानमा आचार्यले उल्लेख गरेका व्यक्तिहरुसँग बयान लिन थालेको हो ।

प्रहरीले व्यवसायी महतोसँग मङ्गलवार बयान लिएको थियो । आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा व्यवसायी महतो र उनले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिए जसमा उनले आफूले पाउनुपर्ने रकम नदिएको आरोप लगाएका व्यक्ति र संघ सस्थाहरुको नाम उल्लेख गरेका थिए । अनुसन्धानको क्रममा प्रहरीले सोमबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको थियो ।